मुख्य सचिवदेखि सचिवहरूमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुख्य सचिवदेखि सचिवहरूमा कोरोना संक्रमण पुष्टि


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । सिंहदरवारमा कार्यरत सचिवहरूमा कोरोना संक्रमण देखिन थालेको छ ।

मुख्य सचिव शंकरदास बैरागीलाई गत शुक्रबार कोभिड संक्रमण पुष्टि भएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी कोभिड संक्रमणका कारण एक साताभन्दा बढी समयदेखि अस्पतालमा छन् ।

त्यसै गरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधु कुमार मरासिनीलाई पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, गृह सचिव टेकनारायण पाण्डे पनि संक्रमित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस