२४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस