काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको फोहोर ल्याण्डफिल साइटको समस्याले गर्दा उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोरहरु थुप्रिएको छ ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

Tags :
प्रतिक्रिया दिनुहोस