कर र डर दुवै कारणले गठबन्धनको निर्णय गरिएको हो : नेता पौडेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर र डर दुवै कारणले गठबन्धनको निर्णय गरिएको हो : नेता पौडेल


२९ श्रावण २०७९, आइतबार


चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन डर र कर दुवै भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले आगामी निर्वाचनका लागि भागबण्डा मिलाउने प्रयास भैरहेको जानकारी दिए । धरातलीय यथार्थका आधारमा भागबण्डा गरिने नेता पौडेलको भनाइ छ । पौडेलले गठबन्धनमा अरु दल थपिने र नथपिने कुरा आफूलाई जानकारी नभएको बताए ।

दुवै सदनबाट बहुमतले पारित नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढिलाइ गरेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसलाई पास गर्नुपर्ने बताए । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रमाणीकरणमा ढिलाइ गर्न आवश्यक नभएको बताए । ‘संसदले पारित गरेर पठाएको विधयेक स्वीकृत गर्न राष्ट्रपतिले अलमल गर्न हुन्थेन , ’ उनले भने , ‘राष्ट्रपति कार्यालयले प्रष्टीकरण दिइरहने अवस्था नगरुन् भन्ने हो । ’

आफू चितवनबाट निर्वाचन लड्ने कुरा गलत भएको भन्दै नेता पौडेलले तनहुँबाट नै चुनाव लड्ने संकेत गरे । चुनावपछि तपाईं प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा नेता पौडेलले अहिले नै प्रधानमन्त्री को बन्छ भन्ने कुरा टुंगो नलागेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस