नेपालबाट निर्यात भयो १ अर्ब ८३ करोडको पास्ता  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालबाट निर्यात भयो १ अर्ब ८३ करोडको पास्ता 


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । गत आर्थिक वर्षमा नेपालबाट १ अर्ब ८३ करोड १७ लाख रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८र७९ मा उक्त मूल्यको पास्ता निर्यात भएको हो ।

उक्त अवधिमा सो मूल्य बराबरको ९६ लाख किलो पास्ता निर्यात भएको विभागले जनाएको छ । त्यस अवधिमा नेपालबाट भारत, अस्ट्रेलिया, अमेरिका र युरोप लगायतका मुलुकमा पास्ता निर्यात भएको छ ।

उक्त अवधिमा भारतमा १ अर्ब ३४ करोड ८६ लाख रुपैयाँको पास्ता निर्यात भएको छ । यसै गरी, हङकङ, डेनमार्क, इटाली, जापान, बेलायत लगायतका मुलुकमा पनि पास्ता निर्यात हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस