नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ। नेपाली काँग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।

बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न आग्रह गरेको हो ।

राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ अवस्थामा राखेकी छन् ।

यस्तै समितिले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ।

जसमा मधेस प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री कृष्ण श्रेष्ठले बताए ।

बैठकले संघीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस