खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने भएको छ ।

बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजारदेखि ४ हजार ५ सय रुपैयाँ मूल्यसम्मको इन्डक्सन चुल्हो किन्न पाइने कम्पनीले जनाएको छ ।

कम्पनीले इन्डक्सन चुल्हो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य ३ हजार रुपैयाँ तोकेको छ । यस्तै मिडिया ब्राण्डको इन्डक्सन चुल्होको मूल्य ४ हजार र इन्डक्सन चुल्हो अल्ट्राटेक यूटीआई २२ को मूल्य ४ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

तोकिएको रकम भ्याटसहित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताए । मिडिया ब्राण्डको इन्डक्सनमा २ वर्षको वारेन्टी रहेको र यो बजार मूल्य भन्दा सस्तो रहेको पनि उनको भनाइ छ ।

बजारमा खाना पकाउने ग्याँसको मूल्यपछि उपभोक्तालाई राहत होस् भनेर विद्युतीय चुल्हो सस्तोमा बिक्री पुनः सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले यस अघि चीन सरकारको अनुदानमा प्राप्त चुल्हो कोरोना महाहारीको समयमा बिक्री गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस