२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माको उम्मेदवारी झापा १ कि काठमाडौँ ५ बाट ? यस्तो छ चर्चा !

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा-१ वा काठमाडौँ-५ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् ।

झापा १ मा अघिल्लोपटक माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए । शर्माले झापा १ नै रोजे भने कार्कीलाई अन्य क्षेत्र गठबन्धनले छुट्याउने तयारी गरिएको छ ।

 ‘काँग्रेस महामन्त्री नै त्यही क्षेत्रबाट उठ्छु भन्नु भयो भने राम कार्कीलाई अर्को क्षेत्र छुट्याउने तयारी भएको छ ।’ काँग्रेसका एक शीर्ष तहका नेताले भने, ‘राम कार्कीलाई रामेछापको चर्चा पनि भएको छ ।’ शर्माले अन्यत्र रोजे भने त्यहाँ गठबन्धनबाट अर्को उम्मेदवार बन्नेछन् ।

शर्माले काठमाडौँ-५ मा पनि इच्छा देखाएको उनी निकट एक नेताले जानकारी दिए । काठमाडौं ५ मा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र नैनसिंह महरले पनि रुचि देखाएका छन् । 

शर्माले काठमाडौं-५ मा उठ्ने निर्णय गरे भने पौडेल वा महर पछि हट्नुपर्दछ । ‘विश्व दाइको पहिलो रोजाइ गृह क्षेत्र झापा १ नै हो । काठमाडौं ५ बाट उठ्नुपर्छ भनि उहाँ माथि दबाब पनि आउन थालेको छ,’ शर्मा निकट एक नेताले भने ।

२०७४ को चुनावमा यो क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेका थिए । सो निर्वाचनमा काँग्रेस नेता डा.प्रकाशशरण महतलाई एमालेका पोखरेलले हराएका थिए । महतले प्रतिस्पर्धा गर्नुअघि यस क्षेत्रमा नेता नरहरि आचार्यले पोखरेललाई हराएका थिए ।

एमालेका ‘हेभिवेट’लाई पराजित गर्न काँग्रेसबाट पनि ‘हेभिवेट’ नै उम्मेदवार उठाउनका लागि शर्माको नाम उक्त क्षेत्रमा चर्चा चलेको छ ।

झापा १ र काठमाडौँ ५ दुबै क्षेत्रमा गत निर्वाचनमा एमाले पहिलो शक्ति हो ।

प्रतिक्रिया दिनुहोस