तीन दिन बाढीको सम्भावना न्यून « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीन दिन बाढीको सम्भावना न्यून


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । अबका तीन दिनसम्म प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

यस अवधिमा बाढीको सम्भावना पनि न्यून रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभरका ठूला नदीहरूमा बहाव सामान्य घटबढ हुनेछ ।

देशभरका अधिकांश साना नदीहरूमा पनि बहाव सामान्य घटबढ हुनेछ । ती नदीहरूमा पनि बहाव सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस