जनकपुर भन्सारको राजस्व सङ्कलन घट्यो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जनकपुर भन्सारको राजस्व सङ्कलन घट्यो


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । 

सो कार्यालयले आव २०७८/७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४.३० प्रतिशत अर्थात् रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।

जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८/७९ मा भन्सार महसुलतर्फ रु १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ रु ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ रु सात लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । 

आव २०७७/७८ मा लक्ष्यको ८८.३३ प्रतिशत राजस्व सङ्कलन भएको थियो । आव २०७७/७८ मा रु ५३ करोड ५१ हजार ५७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४४ करोड ५९ लाख ७१ हजार सङ्कलन भएको थियो । 

भन्सार कार्यालयका अनुसार आव २०७७/७८ मा भन्सार महसुलतर्फ रु २१ करोड ७७ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु २२ करोड ३३ लाख ८ हजार, अन्तःशुल्कतर्फ रु ३० लाख ६२ हजार र सडक निकासी दस्तुरतर्फ रु १८ लाख १८ हजार राजस्व सङ्कलन भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस