फिफा विश्वकप एक दिन अघि सर्‍यो, उद्घाटन खेल कतार र इक्वेडरबीच हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फिफा विश्वकप एक दिन अघि सर्‍यो, उद्घाटन खेल कतार र इक्वेडरबीच हुने


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ ।

यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब एक दिन अघि अर्थात् नोभेम्बर २० मै विश्वकप सुरु हुनेछ । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ ।

यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा तेस्रो खेलको रूपमा थियो । जसले गर्दा नेदरल्याण्ड्स र सेनेगलबीचको खेल विश्वकपको पहिलो खेल हुने तय थियो ।

तर आयोजकले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको हो । आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको हो ।

कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन सारेपछि अब नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछ । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस