कसले गर्‍यो न्याय परिषदको सचिवालयमा तोडफोड ? « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

कसले गर्‍यो न्याय परिषदको सचिवालयमा तोडफोड ?


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँको रामशाहपथमा रहेको न्याय परिषद सचिवालयमा बिहीबार तोडफोड भएको छ ।

गोरखा घर भएका नुरप्रसाद अधिकारीले सचिवालयको केही कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेका सचिवालयका कर्मचारीले बताएका छन् ।

जिल्ला अदालत ललितपुरले अधिकारीलाई उपस्थित हुन म्याद जारी गरेको थियो । न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारी आफूलाई म्याद जारी गर्ने न्यायाधीशलाई कारबाहीको माग लिएर परिषदको सचिवालयमा आएका थिए ।

तर परिषदका कर्मचारीले त्यसरी कारबाही गर्न नमिल्ने बताएपछि उनले तोडफोड गरेका हुन् । तोडफोडबारे थाहा पाएर आएको प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

नुरप्रसाद छोराको हत्या आरोपीलाई कारबाहीको माग गर्दै अनशनमा बस्दै आइरहेकी गंगामाया अधिकारीका जेठा छोरा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस