पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम ढुवानी व्यवसायीको फेरि आन्दोलन घोषणा


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् ।

गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।

निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ । महासंघको विज्ञप्तिमा उल्लेख छ, ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौँ ।’

गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

Tags :
प्रतिक्रिया दिनुहोस