२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा परिषदद्वारा आयोजित गजल, टिकटक र युट्युब प्रतियोगिताको नतिजा सार्वजनिक 

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सन्देशमूलक नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

परिषद्ले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा पहिलो, खोटाङका विक्रम चेतनशील राई दोस्रो र कास्कीका संयोग बस्याल तेस्रो भएका छन् । झापाकी सरु आचार्य (दुलाल)ले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।

यसैगरी युट्युब भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे पहिलो, सुनसरीका तीर्थराज विश्वकर्मा दोस्रो र सुर्खेतकी प्रिशिला गिरी तेस्रो भए । यो विधामा कपिलवस्तुका खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गरे ।

यस्तै टिकटक प्रतियोगितामा काठमाडौँकी काजोल कार्की पहिलो भइन् । नवलपरासीका आश्विन परियार दोस्रो, दाङकी मनीषा परियार तेस्रो र इलामका विनोद लोहारले सान्त्वना स्थान हासिल गरेका छन् ।

सबै प्रतियोगितामा पहिलो हुनेलाई चालिस हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अगस्ट १२ गते मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको दिन अर्थात् यही साउन २७ गते राष्ट्रिय सभा गृहमा आयोजना हुने मूल समारोहमा विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । सो समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहनेछ ।

सप्ताहव्यापी कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाएको परिषद्ले विदेशबाट फर्किएका युवासँग उद्यम परिसंवाद, नव उद्यमी युवालाई अभिमुखीकरण, कर्णाली युवा संवाद, सरसफाइ लगायतका विविध कार्यक्रम आयोजना गरेको छ ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । 

नेपालमा भने युवासँग काम गर्ने संस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

सरकारले वि.सं २०७२ मा राष्ट्रिय युवापरिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । परिषद् गठन भएसँगै परिषद्कै अगुवाइमा दिवस हरेक वर्ष मनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस