नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधवार पहिलो सुनुवाइ गर्दै अदालतले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सोमबार काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो ।

महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्म नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न र संरचना हटाउनु पर्नाको कारण पेस गर्न आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस