२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव घुस प्रकरणमा जोडिएका व्यवसायीले पाए अनुमति

अ+ अ-

काठमाडौँ । प्याराग्लाइडिङ संचालनको अनुमतिपत्र वापत उक्त महाशाखाका उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागेको भन्दै अख्तियारमा उजुरी दिएका व्यवसायी पूर्णप्रसाद चौलागाईं र टेकबहादुर पुनले प्याराग्लाइडिङ अनुमति पाएका छन् ।

उक्त प्रकरणमा जोडिएका व्यवसायीलाई संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको हो। व्यवसायी चौलागाईं र पुनसँग प्याराग्लाइडिङ अनुमति दिने भन्दै ६ लाख घुस मागेको आरोपमा उपसचिव प्रमोद नेपाल पक्राउ परेका थिए ।

मन्त्रालयले सोमबार पोखरामा दर्ता भएको ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रालिलाई म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ५ सिख क्षेत्रमा प्याराग्लाइडिङको अनुमति दिएको हो ।

ग्लोबलका संचालकले पहिलोपटक २०७६ पुस २४ गते तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारीसमक्ष प्याराग्लाइडिङ अनुमतिका लागि संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका थिए ।

कोभिड संक्रमण र लकडाउनका कारण अनुमति प्रक्रिया अल्झनमा परेका कारण ग्लोबलका संचालक अढाई वर्षपछि अनुमति लिन चार महिनाअघि वैशाखमा पुन पर्यटन मन्त्रालयको सम्पर्कमा पुगेका थिए ।

तर, मन्त्रालयको नागरिक उड्डयन महाशाखाले ग्लोबलको फाइल दुई महिनासम्म खोज्दा पनि नभेटिएको बताएपछि ग्लोबलका संचालकद्धय जुम्लाका पूर्ण प्रसाद चौलागाईं र म्याग्दीका टेकबहादुर पुनले असार ८ गते पर्यटन सचिव महेश्वर न्यौपानेसमक्ष पुनस् दोस्रो निवेदन दिई अनुमति प्रक्रिया जगाएका थिए ।

यसै क्रममा प्याराग्लाइडिङ संचालनको अनुमतिपत्र दिलाइदिएवापत उक्त महाशाखाका उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागेको भन्दै सेवाग्राही चौलागाईं र पुनले अख्तियारमा उजुरी दिएका थिए ।

अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार, उनीहरुको उजुरीका आधारमा अख्तियारबाट खटाइएको टोलीले गरेको स्टिङ अपरेसनमा उपसचिव नेपाललाई साउन १७ गते नक्सालको एक होटलमा सेवाग्राहीसँग लिएको ६ लाख र दुर्गममा वायुसेवा संचालनका लागि अनुमति लिने प्रक्रियामा रहेको एक कम्पनीका संचालकबाट लिएको थप १६ लाख ५० हजार समेत गरी २२ लाख ५० हजारसहित पक्राउ गरिएको थियो ।

यो घटनाको एक सातापछि मन्त्रालयले ग्लोबललाई प्याराग्लाइडिङ इजाजतपत्र जारी गरिदिएको हो । अब ग्लोबलले म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउन पाउने छ । जसमा ५ थान टेन्डम (दुई जना) र तीन थान सोलो (एकल) उडान गर्न पाउने छ ।

प्रतिक्रिया दिनुहोस