२९ तोला सुनका गहना लुटपाट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२९ तोला सुनका गहना लुटपाट


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् ।

घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए । मुल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र १ लाख ५० हजार गहना लुटेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरुले सुनका गहना बाहेक १ लाख नगद लुटेर लगेका छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत कीर्तिपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस