जेलभित्रै बन्दीहरूको नाराबाजी र प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जेलभित्रै बन्दीहरूको नाराबाजी र प्रदर्शन


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् ।

कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् ।

नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महँगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरू बन्दीहरू आन्दोलित बनेका हुन् । बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् ।

४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा दुई समूहबिच झडप समेत भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस