सेयर बजार निरन्तर ओरालो : कारोबार रकम पनि घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेयर बजार निरन्तर ओरालो : कारोबार रकम पनि घट्यो


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेको छ ।

कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो।

आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो। सो दिन कूल २ अर्ब ८१ करोड बराबरको सेयर कारोबार भयो। त्यसअघि सोमबार २ अर्ब ८५को सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने दुईको मात्रै बढ्यो।

बुधबार बजारमा १८२ कम्पनीको सेयर कारोबारमा आएकोमा ११९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ५६ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

१ समूहको सूचक घट्दा मनु एन्ड प्रो र इन्भेस्टमेन्ट समूहको क्रमश : ०.५ र ०.६९ प्रतिशतले बढ्यो।

यसदिन हिमालयन हाइड्रो पावरको सेयर ९.९७ प्रतिशतले बढ्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.९९ प्रतिशतले घट्यो।

आज २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता सेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँमा खरिदबिक्री भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस