प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको किर्ते हस्ताक्षर गरी क्युआर कोड निकाल्ने प्रयास « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको किर्ते हस्ताक्षर गरी क्युआर कोड निकाल्ने प्रयास


२५ श्रावण २०७९, बुधबार


सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको किर्ते गरी कोभिड १९ को क्युआर कोड जारी गर्ने प्रयास गरेको पाइएको छ।

साउन २३ गते स्वास्थ्य शाखा प्रमुख श्री ध्वज राई र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको किर्ते हस्ताक्षर गरी विभागमा पत्राचार गरेको पाइएको हो। फेक जिमेल आइडी तयार पारेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको र अनुमति प्राप्त गरेको पाइएको हो।

गाउँपालिकाको तर्फबाट पनि क्युआर कोड जारी भइरहेको समयमा अन्य व्यक्तिले पनि गैर कानुनी रूपमा क्युआर कोड जारी गर्ने प्रयास भएकाले रोक्न र कारबाही गर्नका लागि इलाका प्रहरी कार्यालय सोताङमा उजुरी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस