बढ्यो सुनको मूल्य, आज तोलाको कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बढ्यो सुनको मूल्य, आज तोलाको कति ?


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैँयाले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस