माओवादीले मन्त्रीको नाम सिफारिस नगरेपछि मुख्यमन्त्री शाहीले आफैसँग राखे पर्यटन मन्त्रालय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माओवादीले मन्त्रीको नाम सिफारिस नगरेपछि मुख्यमन्त्री शाहीले आफैसँग राखे पर्यटन मन्त्रालय


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न ढलाई गरेपछि कर्णालीमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका कार्चेन लामाको ६ महिने कार्यकाल सोमबार सकिएको थियो । तर सोमबार बसेको माओवादी संसदीय दलको बैठकले मन्त्रीको नाम सिफारिस नगरेपछि मन्त्रिपरिषद् हेरफेर गरिएको हो । 

उक्त मन्त्रालय मुख्यमन्त्री जीवनबहादुर शाहीले आफै राखेका हुन् । मंगलबार मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।  

उक्त मन्त्रालयमा माओवादीले डोल्पाका वीरबहादुर शाहीलाई पठाउने चर्चा थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस