नारायणी, कर्णाली र महाकाली लगायतका नदीमा बहाव उल्लेख्य बढ्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नारायणी, कर्णाली र महाकाली लगायतका नदीमा बहाव उल्लेख्य बढ्ने


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस