वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयाघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताए ।

पाण्डेलाई सीतापाइला स्थिति आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गङ्गालाल अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । उनी ५४ वर्षका थिए ।

‘कागबेनी’ लगायत केही फिल्म छायाङ्कन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । हजारौ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्र उनले छायाङ्कन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस