२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुरामलाई गठबन्धनमा सहभागी गराउन देउवा सकारात्मक 

अ+ अ-

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । मंगलबार बालुवाटार पुगेका भट्टराईसँग देउवाले चुनावी तालमेलका लागि आफू सकारात्मक रहेको जवाफ दिए ।

प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘गठबन्धनमा तपाईँहरूलाई पनि सहभागी गराएर जानुपर्छ भन्ने मैले पनि सोचिरहेको थिएँ । म सकारात्मक छु । एकपटक गठबन्धनका अन्य दलसँग सल्लाह गरेर खबर गर्छु ।’

छलफलका क्रममा भट्टराईले वर्तमान पाँचदलीय गठबन्धन बनाउन आफ्नो ठूलो भूमिका भएकाले पनि गठबन्धनमा आफ्नो पार्टीको हक लाग्ने दाबी गरेका थिए ।

भट्टराईसँगै नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि बालुवाटार गएका थिए । जसपाबाट अलग भएर भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए । उक्त पार्टीमा भट्टराई र यादव दुईजना अध्यक्ष छन् ।

यसअघि प्रधानमन्त्री देउवासँग लोसपाका शीर्ष नेताहरूले गठबन्धनमा सहभागी हुने विषयमा छलफल गरेका थिए । लोसपा नेताहरूलाई पनि देउवाले गठबन्धनका अन्य दलहरूसँग छलफल गरेर खबर गर्ने बताएका थिए । लोसपालाई गठबन्धनमा सहभागी गराउने विषयमा पाँचदलीय कार्यदलको सोमबारको बैठकमा समेत छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस