नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँस्थित नयाँ बानेश्वरबाट १५ द्वन्द्वपीडित पक्राउ परेका छन् ।

सरकारले बनाउन लागेको कानुनमा द्वन्द्व पीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै एभरेस्ट होटलअगाडि धर्ना दिएका उनीहरू पक्राउ परेका हुन् ।

परिवार संस्थाको नेतृत्वमा द्वन्द्वपीडितले माइतीघर मण्डलादेखि बानेश्वरस्थित एभरेस्ट होटलसम्म शान्तिपूर्ण र्‍याली निकालेका थिए।

द्वन्द्वपीडितले ‘अपांग र अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्’, ‘द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीलाई सहिद घोषणा गर्’, ‘बहाल सुरक्षाकर्मीको हौसला बढ्ने गरी परिमाण दे’, ‘सहिद सुरक्षाकर्मी अमर रहुन्’ , ‘सुरक्षाकर्मी नरहे देश रहन्न’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस