संसदीय समितिमा सांसदहरुको नाम हेरफेर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदीय समितिमा सांसदहरुको नाम हेरफेर


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गरेका हुन् । उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो ।

हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बुढा शिक्षा तथा स्वास्थ्य समिति रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस