विचार नमिल्ने दलसँग गठबन्धन हुँदैन : नेम्बाङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विचार नमिल्ने दलसँग गठबन्धन हुँदैन : नेम्बाङ


२४ श्रावण २०७९, मंगलबार


पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् ।

पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् ।

यस्तै उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताए । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनले भनाइ थियो ।

उपनेता नेम्वाङ्ले वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताए ।

त्यसैगरी सो कार्यक्रममा एमालेका अर्का नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस