डा. केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डा. केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु


२४ श्रावण २०७९, मंगलबार


मङ्गलबारे । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ ।

सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए ।

उनले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन् । इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका ब्यवस्थापक क्षितिज खतिवडाले बताए ।

यसअघि डाक्टर केसी ताप्लेजुङमा गएर बिरामीको उपचार गरेर आएका हुन् । करिब २७ वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस