उकालाे लाग्याे सुनकाे भाउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उकालाे लाग्याे सुनकाे भाउ


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । मंगलवार सुन र चाँदीको मूल्य बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय र चाँदी ३५ रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९६ हजार ९ सय र तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २४० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस