निजामती ऐन ल्याउन माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजामती ऐन ल्याउन माग


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ ।

विशेष समयमा सांसद हृदयेश त्रिपाठीले निजामती ऐन नहुँदा शासन व्यवस्था सञ्चालन तथा सुशासन कायम गर्न समस्या भएको बताए ।

“स्थानीय तहमा आठ प्रकारका कर्मचारी समायोजन भएन । प्रदेश तहले आरक्षण कोटा छुट्ट्याउन सकेन । सरुवा-बढुवा हुन सकेन । समायोजन भएका कर्मचारीलाई निजामती मान्ने कि नमान्ने दुबिधा छ,” उनले भने ।

सांसद् त्रिपाठीले ‘सरकारले ऐन किन नल्याएको ?’ भन्दै प्रश्न गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस