डिएसपी बढुवाविरुद्ध सर्वोच्च पुगे इन्स्पेक्टर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डिएसपी बढुवाविरुद्ध सर्वोच्च पुगे इन्स्पेक्टर


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाविरुद्ध एकजना दाबेदार सर्वोच्च अदालत पुगेका छन् ।

डीएसपी बढुवाका आकांक्षी विशाल भारती बढुवा सिफारिसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले उनको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । साथै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस