तत्कालीन प्रमुख सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तत्कालीन प्रमुख सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजीप्रसाद रायसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रकम निकासा गरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले इन्जिनियर रायसहित इन्जिनियर रामकिशोर साह‚ सब(इन्जिनियर प्रेमचन्द्र झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा रामवन गोटदेखि मलघट्टा हुँदै महिनाथपुर नहरसम्म ग्राभेल स्तरको सडक निर्माण गर्ने क्रममा गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानीसमेत दिई १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले उल्लेख गरेको छ ।

उनीहरूविरुद्ध १६ लाख १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

त्यस्तै पूर्वाधार विकास कार्यालय रौतहटका लेखा अधिकृत महम्मद दाउद र सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतोविरुद्ध पनि अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस