निओनको संयोजकमा बिस्ट, असोजमा अधिवेशन गर्ने तयारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

निओनको संयोजकमा बिस्ट, असोजमा अधिवेशन गर्ने तयारी


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियरको सङ्गठनका नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठन (निओन) को संयोजकमा विजयकुमार बिस्ट चयन भएका छन् ।

आइतबार भएको केन्द्रीय भेलाले संयोजकमा बिस्टको नाम सर्वसम्मत चयन गरेको हो । वर्तमान संयोजक छविराज पोख्रेलले राजीनामा दिएपछि रिक्त पदमा बिस्ट चयन भएका हुन ।

यस्तै सहसंयोजकमा अन्जित गौतम, सफल क्षेत्री, गजेन्द्र झा, सम्झना ढकाल र अनिल नेपाल गरी पाँच जना चयन भएका छन् ।

असोजको ७ र ८ गते काठमाडौंमा केन्द्रीय अधिवेशन हुनेछ ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस