आजको मौसम : प्रदेश-१ र वाग्मतीमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : प्रदेश-१ र वाग्मतीमा भारी वर्षाको सम्भावना


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । देशभर आज आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ ।

अहिले सोमबार बिहान प्रदेश नम्बर-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ । देशका बाँकी भूभागमा आंशिक बदली छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१ र वाग्मती प्रदेशका केही तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ र वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस