महोत्तरीमा श्रीमती र सासुलाई मट्टीतेल छर्केर हत्या प्रयास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महोत्तरीमा श्रीमती र सासुलाई मट्टीतेल छर्केर हत्या प्रयास


२२ श्रावण २०७९, आइतबार


जनकपुरधाम । महोत्तरीमा एक जनाले मट्टीतेल छर्केर श्रीमती र सासुको हत्या प्रयास गरेका छन्।

जिल्लाको भंगहा नगरपालिका–९ कञ्नवन बस्ने ६५ वर्षीया रेश्मादेवी सदा र उनकी छोरी ३५ वर्षीया प्रमिलादेवी सदालाई प्रमिलाका श्रीमान्‌ले हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

घरायसी विवादमा औरही नगरपालिका–८ बस्ने शंकर सदाले मट्टीतेल छर्केर श्रीमती र ससुरालाई आगो लगाएर जलाउने प्रयास गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

आगोबाट रेसमाको पिट्यूँ, पाखुरा र बाँया खुट्टामा पोलेको छ भने प्रमिलाको दुबै हात, खुट्टादेखि पैतलासम्म र छातीमा पोलेको तथा अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ।

आगोले जलेकी आमा–छोरीको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस