सदनमा विभिन्न प्रतिवेदन पेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सदनमा विभिन्न प्रतिवेदन पेश


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेकी छन् ।

प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राखेको सुवेदीले जानकारी दिइन् ।

समितिका नौवटा बैठकमा छलफल गरी सर्वसम्मतरुपमा उक्त प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको पनि उनले जानकारी दिइन् । उक्त विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भएको थियो ।

यस्तै सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरेका थिए ।

बैठकमा उपसभामुख पुष्पा भुसाल गौतमले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १८ गते मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस