न्यायपरिषद्को बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा सुवेदीको इजलासमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

न्यायपरिषद्को बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा सुवेदीको इजलासमा


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । न्यायपरिषदको बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको हो ।

साहले कामु प्रधानन्यायाधीश, कानुन मन्त्री लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा न्यायपरिषदको निर्णय असंवैधानिक भएको जिकिर गरिएको छ । असार २४ गते बसेको न्यायपरिषद बैठकले साहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत साहमाथि शक्तिको आडमा न्यायाधीशमा नियुक्त आरोप छ । २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गरेको थियो ।

तर बर्खास्तमा परेकी साहले भने आफूमाथि कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रतिशोध साँधेको आरोप लगाउँदै आएकी छन् ।

सबै प्रक्रिया पुर्याएर नियुक्ति गरिएको साढे तीन वर्षपछि कानूनमन्त्री कोइरालाले आफ्ना पिता एवं पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साह सँगको प्रतिशोध आफूमाथि साँधेको उनको दाबी छ ।

कानूनमन्त्री कोइराला संविधान र कानूनभन्दा पनि माथि गएर निर्णय गरिरहेको उनको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस