भारतको प्रो-कबड्डी लिगमा नेपालका नागेश्वर र लालमोहर आबद्ध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतको प्रो-कबड्डी लिगमा नेपालका नागेश्वर र लालमोहर आबद्ध


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । भारतको चर्चित कबड्‌डी लिग प्रो-कबड्डीमा नेपालका दुई खेलाडी आबद्ध हुन सफल भएका छन्।

नवौँ सिजनका लागि शुक्रबार र शनिबार अक्सन भएको थियो। अक्सनमार्फत नेपालका नागेश्वर थारु र लालमोहर यादवलाई बैंगलुरू बुल्सले टिममा आबद्ध गरेको हो।

दुवै जना १०-१० लाख भारुमा टिममा आबद्ध भएका हुन्।

यसअघि लालमोहरले गत सिजनको लिगमा पनि बैंगलुरूबाटै लिग खेलेका थिए। बैंगलुरुबाट गत सिजन नेपालका अर्का खेलाडी सञ्जय श्रेष्ठ पनि आबद्ध भएका थिए।

प्रो कबड्डी लिगमा बैंगलुरूसहित १२ टिम आबद्ध छन्। नवौँ सिजन केही महिनापछि हुने तय छ।

नवौँ सिजनका लागि दुई दिन अक्सन गर्दै १२ टिमले खेलाडी  भित्र्याएका छन्।

जसमा अमिरहुसेन बास्तोमी सर्वाधिक रकममा आबद्ध भएका छन्। उनलाई हरियणाले ६५ लाख १० हजार भारुमा टिममा भित्र्याएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस