प्रचण्ड जापानको हिरोसिमामा « प्रशासन
Logo १० आश्विन २०८०, बुधबार
   

प्रचण्ड जापानको हिरोसिमामा


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज हिरोसिमामा पुगेका छन्।

प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेको उनको सचिवालयले जनाएको छ। त्यहाँ उनले हिरोशिमा संग्राहलयको अवलोकन गरेका थिए।  प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका थिए। प्रचण्डले हिजो शनिबार फुकोओकामा नेपाल फेष्टिबलको उद्घाटन गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस