रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ बाट चुनाव लड्ने गोविन्दराज जोशीको घोषणा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ बाट चुनाव लड्ने गोविन्दराज जोशीको घोषणा


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । जोशीले ‘काँग्रेस स्वतन्त्र अभियान’ मार्फत तनहुँ १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने बताए ।

तनहुँ १ बाट काँग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । गत निर्वाचनमा जोशीले बागी उम्मेदवारी दिएपछि पार्टीले उनलाई निष्कासन गरेको थियो ।

जोशीले काँग्रेसले पाखा पारेका सबै नेता-कार्यकर्तालाई ‘काँग्रेस स्वतन्त्र अभियान’ मार्फत उम्मेदवारी दिन आह्वान समेत गरेका छन् ।

सत्ता गठबन्धनको विरोध गर्दै उनले काँग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले काँग्रेस सिध्याउन खोजेको आरोप लगाए । ‘पाँच पार्टीको गठबन्धन र एउटै घोषणापत्र बन्ने होला, चुनाव चिह्न एउटैमा लड्ने होलान्,’ जोशीले भने, ‘काँग्रेस अब काँग्रेस रहेन ।’

उनले आगामी चुनाव जित्नेमा ढुक्क रहेकोसमेत बताए ।

गत स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयर पदमा जोशीका छोरा दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । तर उनी काँग्रेसका वैकुण्ठ नाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस