भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित 


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । पश्चिम बङ्गालका पूर्व गभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। 

उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरुद्ध ५२८ मत प्राप्त गरे। १५ औँ उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत रद्द भएको उनले बताए।

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो। बङ्गालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेकी हुन्। 

Tags :
प्रतिक्रिया दिनुहोस