महाकाली र जोगबुडामा तटबन्धनको काम छिटो सक्न नेता लेखकको आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महाकाली र जोगबुडामा तटबन्धनको काम छिटो सक्न नेता लेखकको आग्रह


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले कञ्चनपुरस्थित महाकाली र जोगबुडा नदीमा छिटो तटबन्धन बनाउन आग्रह गरेका छन्।

कञ्चनपुरको दोधारा-चाँदनीमा महाकाली र जोगबुडा नदीमा पानीको सतह बढेसँगै डुबानको समस्या रहँदै आएको छ।

शनिबार प्राविधिकहरूको टोलीसहित लेखकले तटबन्धन निर्माण स्थलको अनुगमन गरेका थिए।

लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार तटबन्धको अनुगमनका क्रममा प्राविधिक टोलीले पनि काम समयभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस