सप्तकोसी ब्यारेजका खोलियो २९ ढोका « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सप्तकोसी ब्यारेजका खोलियो २९ ढोका


२१ श्रावण २०७९, शनिबार


राजविराज । सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक रुपमा फेरि बढ्ने आकलन गरिएको छ ।

पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो ।

कोसी नदीमा पानीको अत्यधिक बहाब हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको छ ।

५ लाख क्युसेकभन्दा बढी पानीको बहाब भए कोसी ब्यारेजको संरचनासहित तटबन्धहरूमा समेत क्षति पुग्ने खतरा रहन्छ । यस्तै धेरै स्थानमा ओभरफ्लो भइ पानी नदीभन्दा बाहिरिन सक्ने खतरा रहेको बताइन्छ ।

केसी ब्यारेज नियन्त्रण कक्षका अनुसार अहिले कोसी ब्यारेज भएर पानीको बहाब बढिरहेको छ । शनिबार मध्याह्न १२ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । यस्तै ब्यारेजका २९ वटा ढोका खोलिएको छ । अहिले कोसी ब्यारेजमा भइरहेको बहाबभन्दा ५ हजार क्युसेक बढी बहाब चतरामै मापन गरिएकाले पानी तीव्रताका साथ बढिरहेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस