सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा आकस्मिक बाढीको सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा आकस्मिक बाढीको सम्भावना


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ । 

पछिल्लो ६ घण्टादेखि भारी वर्षा मापन भइरहेको जल तथा मौसम विभागले जनाएको छ । 

विभागका अनुसार मेलम्ची नदी नाकोतेको जलसतह बढ्दो छ । 

सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस