पूर्वीक्षेत्रका नदीमा जल सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वीक्षेत्रका नदीमा जल सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । पूर्वी नेपालका कोशी, तमोर, सुनकोशी र अरुणमा जल सतह बढ्दो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले दिएको जानकारीअनुसार सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ । तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ । चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने, उदयपुरतर्फ थप कटान हुने सक्ने विभागले अनुमान गरेको छ । 

उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा रहेका स्थानीयहरूलाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन विभागले सूचनामार्फत आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस