नेपाल समाजवादी पार्टीको बैठक बस्दै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेपाल समाजवादी पार्टीको बैठक बस्दै


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ  । काठमाडौँमा  हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ ।

बैठकमा सङ्गठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस