पीआईजे कमाण्डरको हत्या गर्न हवाई हमला, बालिकासहित १० जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पीआईजे कमाण्डरको हत्या गर्न हवाई हमला, बालिकासहित १० जनाको मृत्यु


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । जसमा प्यालेस्टिनी इस्लामिक जिहाद समूह (पीआईजे) का वरिष्ठ कमाण्डर तैसिर जबारी मारिएका छन् । 

आक्रमणमा थप १० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मारिनेमा एक बालिकासमेत रहेको बीबीसीले जनाएको छ । 

इजरायली सेनाका अनुसार इस्लामिक जिहाद समूहले वेस्ट बैङ्कका नेता बहा अबु अल-अताको गिरफ्तारीको जवाफमा आक्रमण गर्ने धम्की दिएको थियो। 

आक्रमणमा मारिएका तैसिर जबरी अल-अतापछि कमाण्डर बनेका थिए । आक्रमणपछि इजरायली रक्षा बलले एक ट्वीटमा गाजाबाट इजरायलतर्फ २ घण्टामा ७० रकेट प्रहार गरेको बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस