नागरिकका समस्या ठूला दलको मुद्दा बन्न सकेन् : रवि लामिछाने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नागरिकका समस्या ठूला दलको मुद्दा बन्न सकेन् : रवि लामिछाने


२० श्रावण २०७९, शुक्रबार


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकका समस्या ठूला दलहरुको मुद्दा बन्न नसकेको बताएका छन् ।

नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका हुन् । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा एजेण्डा अरु पार्टीका घोषण पत्र जस्ता छैनन् ।

जनता हाम्रा मालिक हुन्, उनीहरुसँग जोडिएका समस्याहरु नै हाम्रो पार्टीको मुल मुद्दा हुन् । यसबाट हामी बिचलित हुदैनौँ ।’

उनले आफ्नो पार्टीले जनताकै मुद्दा उठाएर चुनाव जित्ने र जनताका मुद्दाहरुको एजेन्डा बेकेर सिंहदरबारको यात्रा तय गर्ने समेत दाबी गरे । ‘हेर्नुहोला, सुन्नुहोला, रेकर्ड गर्नुहोला, हामीले छिट्टै जनताको मुद्दाहरुमा टेकेर सिहदरबारको यात्रा तय गर्नेछौँ ।’

अहिलेका दलहरुले देशमा भष्टाचार बढाउने र जनतालाई मुलुक भित्रैबस्नै नसकिने स्थिति सिर्जना गरेको उनले अरोप लगाए । उनले त्यसको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी खडा भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस