मेलिना राईले तोडिन् प्रेमीसँगको इन्गेजमेन्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेलिना राईले तोडिन् प्रेमीसँगको इन्गेजमेन्ट


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन् । आफूहरूबिच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।

सङ्गीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् । फेसबुकमा स्ट्याटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन् ।

उने लेखेको स्ट्याटस जस्ताको तस्तै
केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामी बिच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो बिचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मा समीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै इन्गेजमेन्टहरू विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्बजानिक गर्दछु । यो बिचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मेहनत गरेर साङ्गीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

Tags :
प्रतिक्रिया दिनुहोस